एलुम्नाई एसोसिएसन गठन


आज मायादेवी टेक्निकल कलेजमा कलेजबाट उत्तीर्ण पूर्व विद्यार्थीहरूको साझा संस्था Mayadevi Alumni Association गठन भएको छ । नव गठित १३ सदस्यीय संस्थाको अध्यक्षमा Ramesh Khanal चयन हुनुभएको छ ।

यस एसोसिएसनले कलेजका पूर्व विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्दै व्यावसायिक नेटवर्क विस्तार, ज्ञान तथा अनुभव आदानप्रदान, विद्यार्थी हितका कार्यक्रम सञ्चालन तथा संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । आगामी दिनहरूमा यस संस्थाले पूर्व विद्यार्थीहरूलाई एकताबद्ध गर्दै शिक्षा, सीप विकास र सामाजिक योगदानका क्षेत्रमा उल्लेखनीय कार्य गर्ने विश्वास गर्दछौँ।

"Together We Grow, Together We Give Back."



© 2025 Mayadevi Technical College | All Rights Reserved.Powered by Cloud Lab Pvt. Ltd